पत्रपत्रिका

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

पत्रपत्रिका
काठमाडौं । सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् । यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका थिएनन् । कोभिड–१९ कारण परीक्षा नहुँदा संख्या नथपिएसँगै पुराना लाइसेन्सको छपाइसमेत सकिने अवस्थामा पुगे पनि पुनः लाइसेन्स छपाइको काम थुप्रिन पुगेको छ । यातायात व्यवस्था विभागले कोभिडलगायतका कारण कार्ड खरिद गर्न नसकेको वहाना बनाएर गत वर्षको भदौदेखि स्मार्ट लाइसेन्स वितरण बन्द गरेको छ । विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन । विभागले स्मार्ट लाइसेन्स आउन अझै दुई महिनासम्म लाग्ने जनाएको ...
हवाई भाडा बढ्यो, तिहार र छठका यात्रु मर्कामा

हवाई भाडा बढ्यो, तिहार र छठका यात्रु मर्कामा

पत्रपत्रिका
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो दूरीको विमानस्थल रुटमा प्रतियात्रु ४ सय ४० रुपैयाँसम्म हवाई भाडा बढाएका हुन् । वायुसेवा प्रदायक कम्पनीहरूले बुधबारदेखि नै लागू हुनेगरी, काठमाडौं–धनगढी रुटमा सबैभन्दा धेरैप्रति यात्रु अहिलेको भन्दा ४ सय ४० रुपैयाँले भाडा वृद्धि गरेका छन् । यसैगरी, काठमाडौंबाट सबैभन्दा कम काठमाडौं– सिमारा छोटो दूरीको रुटमा प्रति यात्रु ९५ रुपैयाँ भाडा वृद्धि गरेका छन् । जसका कारण तिहार र छठका हवाई यात्रु थप मर्कामा पर्ने भएका छन् । वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्यवृद्धि भएसँगै स्वचालित प्रणालीअनुसार हवाई कम्पनीले पनि केही भाडा बढ...
निगम बेच्न खोज्ने गिरोहलाई मन्त्री आलेको संरक्षण, अख्तियारद्वारा कारबाही गर्न निर्देशन !

निगम बेच्न खोज्ने गिरोहलाई मन्त्री आलेको संरक्षण, अख्तियारद्वारा कारबाही गर्न निर्देशन !

पत्रपत्रिका
काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौड्याल र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने निगम बेच्ने धन्दामा संलग्न रहेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले दुबै जनाबिरुद्द छानविन प्रक्रिया अगाडि बढाएसँगै उनीहरु निगम बेच्ने धन्दामा संलग्न रहेको खुलेको हो। अहिले पौडेल र लामिछानेको पद नै धरापमा परेको छ। उनीहरुलाई कारबाही गर्न अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएपछि उनीहरुको पद धरापमा परेको हो । तर, पर्यटन मन्त्री प्रेम आले भने चुप लागेर बसेका छन्। अख्तियारको छानविनमा तानिएका पौडेल दिनहुँजसो मन्त्री आलेको कार्यकक्षमा भेटिन्छन्। । अख्तियारले गत असोज २२ गते पर्यटन मन्त्रालयलाई निर्देशनात्मक पत्र लेख्दै कारबाहीका लागि सिफारिस गरेको हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले कुनै नियम सरोकारवाला...
जबराविरुद्ध झन् कडा

जबराविरुद्ध झन् कडा

पत्रपत्रिका
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव न्यायाधीश र कानुन व्यवसायीले अस्वीकार गरेका छन्। उनीहरूले राजीनामा नै सम्मानजनक बहिर्गमन भएको अडान लिएका छन्। प्रधानन्यायाधीश जबराले मंगलबार सर्वोच्च अदालतमा १० वटा मुद्दाको पेसी तोके पनि असन्तुष्ट न्यायाधीशले इजलास बहिष्कार गरेका छन्। उनीहरूले सोमबार भने ६ वटा बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरेका थिए। ‘सम्मानजनक ढंगले बहिर्गमनको प्रस्तावपछि हामी लचक भएका थियौं। बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्‍यौं’, एक न्यायाधीशले भने, ‘तर, हाम्रो लचकतालाई कमजोरी सम्झेपछि इजलासमा सहभागी नहुने निर्णय गरेका हौं।’ प्रधानन्यायाधीश र असन्तुष्ट न्यायाधीशका तर्फबाट गठित वार्ता टोलीबीच विश्वासको संकट बढेको छ। न्यायाधीश अनिलकुमारर सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मासँगको छलफलमा प्रधानन्यायाधीश जबराले केही महिन...
‘प्रधानन्यायाधीश जबराले सर्त तोडे’

‘प्रधानन्यायाधीश जबराले सर्त तोडे’

पत्रपत्रिका
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव ल्याएपछि बन्दीका मुद्दा हेर्न मन्जुर भएका न्यायाधीशले मंगलबार फेरि इजलास बहिष्कार गरेका छन्। प्रधानन्यायाधीशले सर्त तोडेको आरोप उनीहरूले लगाएका छन्। सम्मानजक बहिर्गमनको प्रस्ताव स्विकार्दै बन्दीका मात्र मुद्दा हेर्ने सर्त राखेका न्यायाधीश अन्य मुद्दाको पनि पेसी तोकिएको भन्दै इजलास नगएका हुन्। सोमबार बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्ने भद्र सहमति भएको तर मंगलबार अन्य विषयका मुद्दाको पनि पेसी तोकिएको आरोप उनीहरूले लगाएका छन्। ‘आज बेन्च बसिएन। हिजोको भद्र सहमतिविपरीत बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पनि राखिएकाले इजलास गएनौं’,एक न्यायाधीशले भने, ‘ग्रेसफुल एक्जिटको प्रस्ताव आएपछि हामीले बन्दीका मात्र मुद्दा हेर्ने सहमति जनाएका थियौं।’ मंगलबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलासमा बैंकिङ कसुरसहित बन्दी प्रत्...
तिहारमा मनपरी मूल्यवृद्धि : उपभोक्ता मारमा, सरकार मौन

तिहारमा मनपरी मूल्यवृद्धि : उपभोक्ता मारमा, सरकार मौन

पत्रपत्रिका
काठमाडौं । एक साताअघिसम्म ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले एक सयको हाराहारीमा छ । चिनी किन्दा ठाउँ हेरिकन उपभोक्ताले ९५ देखि ९८ रुपैयाँसम्म तिर्नुपरिरहेको छ । ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी एक सातामै किन सयको हाराहारीमा पुग्यो त ? जवाफ स्पष्ट छ, तिहार र छठपर्वमा चिनीको जहिले पनि अभाव हुन्छ । यही अभावलाई मौकाका रूपमा लिँदै चौका हान्न व्यापारी कुरेर बसिरहेका हुन्छन् । सरकारलाई स्पष्ट रूपमा थाहा छ, हरेक तिहारमा चिनीको अभाव हुन्छ । यस्तो अभाव हुन नदिन सरकारले पहिले नै सोचविचार गर्नुपर्ने हो । नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देविन्द्र श्रेष्ठको भनाइअनुसार साल्ट टे«डिङसँग मौज्दात चिनी नहुँदा बजारमा अहिले चिनीको मूल्यवृद्धि भएको हो । अध्यक्ष श्रेष्ठको यो भनाइले स्पष्ट पार्छ, सरकार उपभोक्ताको पीडा सुन्दैन, समस्या बुझ्दैन । उपभोक्ताको खल्ती’ मतलब राख्दैन । बरु उल्टै मौकामा चौका द...
आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

पत्रपत्रिका
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ । कांग्रेसले २०७४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना उम्मेदवारलाई फिर्ता गराएको थियो भने सोही कारण कांग्रेस नेता कार्यकर्ता अन्य दलको निर्वाचन चिह्नमा मतदान गर्न बाध्य भएका थिए । ‘त्यसबेला कतिपय स्थानमा तालमेल गरिएका दलबाटै घात हुँदा कांग्रेसका शीर्ष तहका नेताहरूसमेत पराजित हुन पुगेको अवस्था बन्यो,’ कांग्रेस स्रोतले भन्यो । सोही परिणामबाट पाठ सिक्दै अहिले भने कांग्रेसले देशभर तालमेल नगरी आवश्यकता हेरेर मात्रै अन्य दलसँग तालमेल गर्ने नीति अघि सार्ने तयारी गरेको छ । कांग...
अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती

अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती

पत्रपत्रिका
काठमाडौं । सेवाग्राहीहरूलाई छिटोछरितो सेवा दिने उद्देश्यले मालपोत कार्यालयहरूले सुरु गरेको अनलाइन सेवाले उल्टै सेवाग्राहीहरूलाई सास्ती दिन थालेको छ। अनलाइन सेवा सुरु गरिएका मालपोत कार्यालयहरूमा अनलाइनबाटै जग्गाको स्वामित्व हस्तान्तरणका लागि निवेदन तथा लिखत भर्नुपर्ने व्यवस्था गरिएको छ। अनलाइनबाट भरिएको निवेदनलाई मालपोत कार्यालयका कर्मचारीहरूले अनलाइनबाटै पास गर्ने व्यवस्था गरिएको छ। तर, भूमि व्यवस्थापन विभागले देशभरका मालपोत कार्यालयमा सुरु गरेको अनलाइन सेवा तथा सफ्टवेयरमा छिटोछिटो समस्या आउने गरेको छ। यहाँसम्म कि सोमबार र बुधबार सफ्टवेयर करिब बन्द जस्तै हुने, बन्द नभए पनि निकै सुस्त हुने सेवाग्राहीको गुनासो छ। भूमि व्यवस्थापन विभागका अनुसार सबैभन्दा बढी जग्गाको काराबारो सोमबार र बुधबार हुन्छ। सोमबार र बुधबार शुभ दिन मानिएकाले यस दिन जग्गाको कारोबारो बढी हुने लेखापढी व्यावसायीहरू बताउँछन...
चिनियाँ ठेकेदारलाई कुलमानको चेतावनी

चिनियाँ ठेकेदारलाई कुलमानको चेतावनी

पत्रपत्रिका
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए । निर्माणस्थलको अवलोकनका लागि आइतबार त्यहाँ पुगेको घिसिङ नेतृत्वको प्राधिकरणको टोलीले चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नपाएपछि कार्यसम्पादन सुधार गर्न चार महिनाको अल्टिमेटम दिएको छ । “करिब दुई वर्षअघिको भन्दा निर्माणस्थलको कामको प्रगति उल्लेख्य देखिएको छैन,” घिसिङले निर्देशन दिँदै भने, “चार महिना हेर्छौं, त्यसपछि पनि यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन ।”खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा...
केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो

केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो

पत्रपत्रिका
काठमाडौं । पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ । तत्कालीन नेकपा हुँदा बहुमतको सरकार गठन गरेको एमालेले नेकपा र एमाले विभाजित भएसँगै प्रदेश सरकार नेतृत्वको सरकार गुमाएको छ । सोमबार प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ । प्रदेश–१, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अहिले शून्यको अवस्थामा छ । एमालेबाट अगल भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै प्रदेश–१, वागमती र लुम्बिनीमा एकल बहुमतमा रहेको एमाले सत्ताबाट पनि बाहिरिएको हो । गण्डकी प्रदेशमा भने तत्...