श्रममन्त्रीको आपत्तिजनक अभिव्यक्ति
काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्ष्य गरेर आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।
‘दुईतिहाइको सरकार छाडेर देशै टुक्य्राउ भन्ने मधेसीहरूलाई १२/१४ जना मन्त्री बनायो,’ उनको भनाइ थियो । ओलीले मन्त्रीमा श्रीमान् श्रीमतीलाई आलोपालो अवसर दिएको र मन्त्रीलाई खरिदार, मुखियाजस्तो सरुवा गरेको टिप्पणीसमेत मन्त्री श्रेष्ठले गरेका थिए ।
श्रेष्ठ एकीकृत समाजवादीबाट मन्त्री भएका हुन् । मन्त्रीको अभिव्यक्तिबारे बुझेर पार्टीले कदम चाल्ने महासचिव वेदुराम भुसालले बताए । ‘उहाँले के भन्नुभएको छ, त्यो त मलाई शब्दशः थाहा छैन तर केपी ओलीले उपप्रधानमन्त्री बनाउनुभएका राजेन्द्र महतोले यो देशबाट स्...







