पत्रपत्रिका

ललिता निवास प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्धामा आज फैसला, होला त कडा कारबाही ?

ललिता निवास प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्धामा आज फैसला, होला त कडा कारबाही ?

पत्रपत्रिका
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आज हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले फैसला आज सुनाउने भएको हो। यस अगाडि असोज १८ गते ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि किन मुद्दा नचलाएको भन्ने विषयमा सुनुवाइ गर्दै फैसला सुनाउने मिति कार्तिक १५ गते तोकेको थियो। यद्यपि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग असन्तुष्ट न्यायाधीशले सर्वोच्च अदालतमा इजलास बहिष्कार गरेको एक साता भयो। जसका कारण आज (सोमबार) फैसला सुनाउने नसुनाउनेबारे भने अन्योल देखिएको छ। प्रधानन्यायाधीश जबराको एकल इजलासबाट भने फैसला भइरहेको छ। वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग ...
जबराले राजीनामा दिन लागेका हुन् ? ‘सम्मानजनक बहिर्गमन’को अर्थ के हो ?

जबराले राजीनामा दिन लागेका हुन् ? ‘सम्मानजनक बहिर्गमन’को अर्थ के हो ?

पत्रपत्रिका
काठमाडौं । प्रधानन्यायाधीश र अन्य न्यायाधीशबीच दूरी बढ्दा न्यायपालिकाभित्रको समस्या पेचिलो बन्दै गएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगातार इजलास तोकिरहेका छन्। तर न्यायाधीशहरू उनको राजीनामा माग्दै सोमबारदेखि इजलासमा गएका छैनन्। निकासका लागि दुवै तर्फबाट पहल नहुँदा मुद्दा प्रभावित बन्दै गएका छन्। आइतबारका लागि प्रधानन्यायाधीश जबराले संयुक्त र एकल गरी १२ वटा इजलास तोकेका थिए। प्रधानन्यायाधीशले आफ्नो एकल इजलासमा दुईवटा मुद्दा तोकेका थिए। तिनै मुद्दामा मात्रै सुनुवाइ भयो। न्यायाधीशहरूले दुवै पक्षबीच सोमबार छलफल गर्ने बताएका छन्। प्रधानन्यायाधीश जबराले ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव ल्याएको र छलफल गर्न तीनजना न्यायाधीशलाई जिम्मेवारी दिने निर्णय आइतबार भएको बताइएको छ। आइतबार बसेको न्यायाधीश बैठकले प्रधानन्यायाधीश जबरासँग छलफलका लागि न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल ...
को नक्कली,को सक्कली?

को नक्कली,को सक्कली?

पत्रपत्रिका
काठमाडौँ । करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन्। वामपन्थीको सरकार ढालेर कांग्रेसलगायतका पार्टीसँग मिली दक्षिणपन्थी सरकार बनाउन पहल गरेको र संसदीय इतिहासमा सबैभन्दा कलंकित भएकाले नेपाल नक्कली कम्युनिस्ट भएको ओलीको तर्क छ। गत असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि ओलीले नेपाललाई गद्दार र नक्कली कम्युनिस्टको आरोप लगाए, त्यसयता पनि दोहोर्‍याउँदै आएका छन्। ओलीले संविधान मिच्न खोजेको विश्लेषण गर्दै नेपालले देउवालाई प्रधानमन्त्री बनाउन मोर्चाबन्दी गरेर सर्वोच्च अदालतमा रिट दायर ग...
रावलको खुलासा : ‘१० बुँदे कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको थियो’

रावलको खुलासा : ‘१० बुँदे कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको थियो’

पत्रपत्रिका
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद चर्किंदै गएको बेला एक अर्को सहमतिको खुलासा भएको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् । उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी गठन भएको कार्यदलको संयोजकबाट आइतबार दिएको लिखित राजीनामा पत्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने सहमति भएको खुलाएका हुन् । १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चासो नदिएको र उल्टै सहमतिको औचित्य सकिसकेको बताएपछि उपाध्यक्ष रावलले उच्चस्तरीय कार्यदलबाट राजीनामा दिँदै यस्तो खुलासा गरेका हुन् । तर २७ असारमा भएको १० बुँदे सहमतिका बुँदामा दुई अध्यक्ष बनाउने विषयमा केही उल्लेख छैन । १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता...
नेपाल–भारत आवतजावतका लागि नयाँ नियम लगाइँदै

नेपाल–भारत आवतजावतका लागि नयाँ नियम लगाइँदै

पत्रपत्रिका
काठमाडौं । सरकारले सीमा सुरक्षामा कडाइ गर्दै दुवै देशका नागरिकलाई सीमा क्षेत्रबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारतसँग प्रस्ताव गर्ने भएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत सरकारसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेको हो। खुला सीमा नाकाको फाइदा उठाउँदै अफगानिस्तान, म्यान्मारलगायत मुलुकबाट नेपाल पसेकाहरू शरणार्थीका रूपमा यहीं बसोबास गर्न थालेपछि गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो। सक्रममा नेपाल–भारत दुवै देशका नागरिकलाई आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने र त्यसका लागि कूटनीतिक पहल थाल्नुपर्ने सुझाव आएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले दुई देशका नागरिक आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने विषय छलफलमा उठेको बताए। ‘एउटा देशले मात्रै परिचपयपत...
काठमाडौंका एसएसपी सरुवा विवाद : प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी भएको हो ?

काठमाडौंका एसएसपी सरुवा विवाद : प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी भएको हो ?

पत्रपत्रिका
काठमाडौं । प्रहरी सरुवाको विषयमा प्रधानमन्त्रीसँग आफ्नो कुनै पनि असमझदारी नभएको गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन्। यसका साथै प्रधानमन्त्रीको निर्देशन अनुसार नै आफूले काम गर्ने र सहज रुपमा लिने स्पष्ट पारेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहको ११ महिनामै सरुवा भएपछि प्रधानमन्त्रीले रोकेका थिए। यही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी बढेको अनुमान गरिएको थियो। शनिबार गृहमन्त्रालयमा आयोजित सुरक्षा सम्बन्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले पत्रकारको जिज्ञासा समाधान गरेका थिए। प्रहरीका लेखापाल तथा समय पुगेका अन्य पदमा पनि सरुवा नभएको भन्ने जिज्ञासामा उनले भने, ‘बुझेरै गरौं, मापदण्ड बनाएर गरौं भन्ने रामो मनसायले नै ढिला भएको हो। बढुवाका लागि कार्यसम्पादन मूल्याकंन अनिवार्य हुने भएकाले यो पूरा नहुँदा प्रक्रियाका कारणले पनि बढुवा ढिला भएको हो।’ विशिष्...
नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

पत्रपत्रिका
काठमाडौं । नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ । भिसाको अवधि भएकाले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वारेन्टाइन बस्ने गरी मलेसिया जान सक्नेछन् । मलेसियाले आवागमन नियन्त्रण लागु गरेदेखि नै दूतावासले स्थगित गरेको मागपत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।...
अफगान नागरिक छिर्न नदिन नेपाल–भारत सीमामा कडाइ

अफगान नागरिक छिर्न नदिन नेपाल–भारत सीमामा कडाइ

पत्रपत्रिका
काठमाडौं । अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ । सो क्रममा नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा पनि आवागमन गर्नेमाथि कडा निगरानी सुरु गरिनुका साथै राम्ररी चेकजाँच तथा सोधपुछ गरेर मात्रै भारतबाट आउनेलाई आउन दिइएको छ । तालिबानको कब्जापछि अफगानिस्तानबाट विस्थापित नागरिक नेपाल प्रवेश गर्न सक्ने आशङ्का बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । खुला नाकाका कारण आफगानीहरू बाँके हुँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशनबमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाइ सुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मीनबहादुर विष्टले बताए । उनले शङ्का लागेका मानिससँग सोधपुछ गरेर उनीहरूबारे निश्चित भएपछि मात्रै आवा...
बुद्ध एयर जहाज प्रकरण : घुमाई फिराई पाइलटमाथि नै दोष !

बुद्ध एयर जहाज प्रकरण : घुमाई फिराई पाइलटमाथि नै दोष !

पत्रपत्रिका
काठमाडौं । केही समयअघि दुर्घटनाबाट बचेको बुद्ध एयर प्रकरणमा चालकदलको कमजोरी भएको पाइएको छ। घटनाको छानबिन गर्न बनेको समितिले प्रतिवेदनमा चालकदलको कमजोरी भएको औँल्याएको छ। प्रतिवेदनले ल्यान्डिङ गियर खुलेको तर अघिल्लो रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको संकेत बत्ती बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्नुपर्नेमा तर त्यसको जाँच नगरी उडाएको पाइएका कारण चालक दल दोषी भएको उल्लेख गरेको छ। विमानको पांग्रा नखुलेपछि विराटनगरमा अवतरण हनु नसकेको विमान काठमाडौं फर्किएको थियो। वरिष्ठ क्याप्टेन ददिराम निरौलासहित चार सदस्यीय विज्ञको प्रतिवेदनले घटनासम्बन्धी छानबिन गरी चालक दललाई दोषी ठहर गरेको हो। ‘१५ हजार घण्टा जहाज उडाइसकेका वरिष्ठ क्याप्टेन अनि पाइलटका पनि गुरु–पाइलटबाट गल्ती हुन सक्छ’ भन्ने प्रमाणसहितको प्रतिवेदन बिहीबार प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीलाई बुझाइएको छ। असोज ११ गते बिह...
प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

पत्रपत्रिका
काठमाडौँ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै थप आन्दोलन घोषणाको तयारी गरेको छ । कार्यसमितिको बैठक बसेर शुक्रबार जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुंग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । जबराले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो । बारले त्यस्तो चेतावनी दिँदा प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनुपर्ने समय भने उल्लेख गरेको थिएन । ‘उहाँले आज–भोलिसम्ममा राजीनामा दिनुहोला भन्ने हाम्रो अपेक्षा थियो तर त्यसो गर्नुभएन । आफ्नै अडानमा रहनुभयो । अब बैठक बसेर हामीले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका छौं,’ अध्यक्ष श्रेष्ठले भने । प्रधानन्यायाधीश जबराले का...