डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौं- डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

सोलिडारिटी फर डा गोविन्द केसी अलाइन्सले माइतीघर मण्डलामा आज दिउँसो प्रदर्शन गरेको हो।

प्रदर्शनमा उनीहरुले सत्याग्रहीलाई मार्न खाजेको, सत्याग्रही मार्न खोज्ने सत्ता धेरै टिक्दैन लगायत लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।

डा गोविन्द केसी पक्षका वार्ता टोलीले शनिबार नै विज्ञप्ति जारी गरी सरकारी टोलीसँग असोज २२ गते भएको समझदारीलाई मन्त्रिपरिषदबाट पारित गर्न माग गरेको छ।

असोज २२ गते भएको समझदारीलाई औपचारिकता दिँदै कार्यान्वयन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न टोलीले माग गरेको हो।

वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यान लिने सरकारको नियत भएको उनीहरुको आरोप छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.