दाङमा थप एक कोरोना संक्रमितको मृत्यु

दाङ । दाङको बेल्झुण्डीस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत महिलाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका-३ रूपन्देहीकी ६६ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको कोरोना विशेष अस्पताल बेल्झुण्डीका फोकल पर्सन द्रोण ओलीले जानकारी दिएका छन् ।

ती महिलालाई लुम्बिनी प्रादेशिक अस्पतालबाट रिफर गरी शुक्रबार राति बेलझुण्डीको आईसीयू बेडमा राखेर उपचार गरिएको थियो । उनी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित रहेको ओलीले बताए ।

शुक्रबार घोराही ३ का १५ वर्षीय बालकको कोरोनाका कारण भेरी अस्पताल बाँकेमा मृत्यु भएको थियो ।

जिल्लामा हालसम्म कोरोनाका कारण ५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

Facebook Comments