आगामी बजेटमा गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरिने [सिद्धान्त र प्राथमिकताकाे पूर्णपाठ]

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता तथा सिद्धान्तहरु प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका छन्। आइतबार आगामी आर्थिक वर्ष (२०७७/७८) को बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा अर्थमन्त्री खतिवडाले प्राथमिकता प्रस्तुत गरेका हुन्।

प्रतिनिधिसभाको बैठकमा बजेटको सिद्धान्तकाे बारेमा बताउँदै अर्थमन्त्री खतिवडाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउन बजेटको सिद्धान्त र प्राथमिकतामा रहेको बताए।

उनले कोरोनाको महामारीबाट नागरिकको जीवन रक्षा गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरिने बताए।

‘गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरी लोककल्याणकारी राज्यको दायित्व निर्वाह गर्ने दृष्टिकोणबाट आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने छ,’ खतिवडाले भने।

उनले विकास र सुशासनमा बजेटले जोड दिइने र कोरोना रोगको महामारीले आर्थिक क्षति परेकोले त्यसलाई उकास्ने गरेर बजेट आउने जानकारी गराए। भूमि बैंकलाई प्राथमिकता दिने बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहनको नीति सरकारले लिने भएको छ।

निजी क्षेत्रमा स्टार्टअपहरुको जोड दिने सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर राष्ट्रिय पुँजीको विकास गर्ने प्राथमिकता सरकारले राखेको छ।

अर्थमन्त्री खतिवडाले संसद्‍मा पेस गरेकाे आव २०७७/७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताकाे पूर्णपाठः

सिद्धान्त र प्राथमिकताकाे पूर्णपाठः

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.