वडा अध्यक्ष कार्यालयमै अश्लिल कार्य गर्दा गर्दै पक्राउ

सल्यान । त्रिबेणी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यलयमा स्थानीयले तादाबन्दि गरेका छन । स्थानीयले बिहिबार बिहान १० बजे तिर तालाबन्दि गरेका हुन ।

बुधबार राति वडाध्यक्ष मध्यरातमा वडा कार्यालयमै एक महिला सहित फेला परेपछि स्थानीयले वडा कार्यलय तालाबन्दि गर्नुका साथै बिद्यालयमा समेत तालाबन्दि गरेको ४ नम्बर वडा सदस्य सिता बिष्टले बताइन् ।

उनका अनुसार वडाध्यक्ष छविलाल शर्मालाइ स्थानीय एक महिलासंग अनैतिक कार्य गरेको अबस्थामा स्थानीयहरुले फेला पारेको थिए ।बुधबार राती महिलासँग वडा कार्यालयमै अनैतिक कार्य गरिरहेको अवस्थामा स्थानीयहरुले फेला पारेपछि ईलाका प्रहरी कार्यलय लुहामको जिम्मा लगाइदिएको उनको भनाइ छ ।

तर प्रहरीले बिहान उनिहरुलाइ त्यतिकै छोडिदिएको र महिला बेपत्ता भएकाले घटनाको छानबिन हुनुपर्ने र महिलाको खाजबिन गर्नुपर्ने भन्दै वडा कार्यलय तथा बिद्यालयमा समेत तालाबन्दि गरको वडा सदस्य बिष्टले बताइन् ।

अबेर रातीसम्म वडाध्यक्ष कार्यालयमा महिलासँग बसिरहेको सुचना पाएपछि स्थानीयहरुले कार्यालय घेराउ गरेका थिए । स्थानीयले कार्यालय घेराउ गरेपछि वडाध्यक्षले भित्रबाट ताला लगाएर बसेको थिए ।

स्थानीयहरुले सम्बन्धित निकायले घटनाको छानबिन नगरेर त्यतिकै छोडिदिएको भन्दै गाउँलेहरु सबै आन्दोलनमा उत्रिएको र वडा कार्यालयमा समेत तालाबन्दी गरेको उनले बताए।

यता जिल्ला प्रहरी कार्यलय सल्यानका प्रमख ढकेन्द्र खतिवडाले भने वडा अध्यक्ष शर्माले रातको समयमा इलाका प्रहरी कार्यालय लुहाममा फोन गरेर वडा कार्यालयमा ढुंगा हान्ने काम भइ रहेकाले सुरक्षाका लागी प्रहरी पठाइ दिन कार्यालयमा फोन गरेको जानकारीमा आएको बताए ।

कामको शिलशिलामा वडा कार्यालयमा बस्ने गरेको बताउँदै वडा अध्यक्षले सुरक्षाको माग गरेपछि लुहामबाट प्रहरी टोली घटनास्थलमा गएको उनले जानकारी दिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.