अब नेपाली नागरिकता लिने विदेशीलाई जेल

काठमाडौं । झुठो विवरण दिएर नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले ‘नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा झुटो विवरण दिई नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना लिने विषयमा सहमति जुटाएको छ ।

प्रचलित कानुन अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन्छ ।

त्यसरी प्राप्त गरेको नागरिकता रद्ध हुनेछ ।

यसैगरी, विदेशीलाई झुटो विवरणका आधारमा नागरिकता दिलाउने व्यक्तिलाई गरिने दण्ड सजाय पनि बढेको छ ।

विदेशीलाई झुटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने प्रचलित व्यवस्था छ ।

यसलाई बढाएर राज्य व्यवस्था समितिले विदेशीलाई झुट्टो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई तीन वर्ष देखि पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने बनाएको छ ।

यसैगरी, नेपाली आमा र बाबु विदेशी रहेको सन्तानले बाबुको नामबाट विदेशी नागरिकता नलिएको भनी झुटो स्वघोषणा गरेर अंगीकृत नागरिकता लिनेलाई सात वर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना हुनेछ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.