प्रधानमन्‍त्रीलाई पाँच करोडको गाडी किन्‍न लागेको साँचो हो?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि खरिद गर्न लागिएको गाडिबारे प्रश्न उठाइएकाे छ। कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीका लागि खरिद गर्न लागिएको गाडिबारे संसदमा प्रश्न उठाउँदै गृहमन्त्रीसँग जवाफ मागेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेता रिजालले उक्त विषयमा जिज्ञासा राख्दै गृहमन्त्रीसँग जवाफ मागेका हुन्। सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढाएको बारे चर्चा चालेपछि यसकाे सबैतिर अालाेचना भइरहेकाे छ।

गाडी खरिद प्रक्रिया कोरोना महामारीका कारण फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर सञ्चारमाध्यममा आएको भन्दै सांसद रिजालले आपत्ति जनाएका हुन्। ‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो ?’ सांसद रिजालको प्रश्न छ।

उनले खर्च गर्ने ठाउँ नपाएर गाडी खरिद गर्न लागेको भन्दै आपत्ति जनाए। उनले भने, ‘कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझै फजुल गर्न सरकारको तयारी हो यो ? जवाफ पाउँ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.