भारत–चीन सीमा झडप: चिनियाँ कमान्डरसहित ४० बढी मारिएको दाबी

एजेन्सी । भारतीय र चिनियाँ सैनिकबीच गालवान घाटीमा भएको झडपमा चीनका युनिटका कमान्डिङ अधिकारीसहित ४० बढी सैनिक मारिएको दाबी गरिएकाे छ।

भारतीय समाचार माध्यमले न्यूज एजेन्सीका अनुसार तीन घण्टा चलेको यो झडप दुई परमाणु शक्ति सम्पन्न देशबीच लद्दाखमा १४ हजार फिट अग्लो गालवन भ्यालीमा भएको हो ।

यद्यपि, चीनले अाफ्ना सैनिककाे मृत्युबारे केही जानकारी दिएको छैन । यता भारतमा भने २० जनाको मृत्यु भएको र १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिती चिन्ताजनक भएको बताइएको छ।

उक्त झडपमा ढुङ्गा, लठ्ठी र धारिलो हतियार प्रयोग गरिएको थियो । त्यहि गालवन भ्यालीमा सन् १९६२ को युद्धमा ३३ भारतीयको ज्यान गएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.