सरकारविरूद्द बौद्ध र जोरपाटीमा व्यापक प्रदर्शन

काठमाडौं : काठमाडौंका बौद्ध र जोरपाटीमा संविधान संशोधनको स्वागतसँगै सरकारविरुद्ध प्रदर्शन भएको छ। कोरोनाको संक्रमणमा सरकार जनताको पक्षमा काम गर्न असफल रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

पीसीआर परीक्षणको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागु नगरेको, क्वारेन्टाइन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । सरकारले आफुहरुले उठाएका मागहरु सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन् ।

जोरपाटीमा युवाहरुले नेपालको पछिल्लो समय जारी भएको नक्सा बनाएर संविधान संशोधनको स्वागत गरेका थिए। स्वागत गर्ने समूहले सरकारको कामप्रति भने असन्तुष्ट रहेको मत प्रकट गर्दै प्लेकार्ड बोकेका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.