काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मूलुक संकटमा गएको आरोप लगाएका छन्।
उनले आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै ‘इनफ इज इनफ’ अब त अत्ति भो खति हुने भो भन्दै सडकमा दन्किएको आवाज कांग्रेसकोमात्र नभएको बताए। उनले प्रतिपक्षीले सहयोग नगरेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ती प्रकट गरे। उनले सडकबाट जनताले सरकार फाल्ने अवस्था आएको समेत बताए।
‘जनता सडकमा आइसके। इनफ इज इनफ। सरकारको अझै होस् खुलेको छैन्। कहाँ भष्टाचार गर्न पाइन्छ, कहाँ पैसा असुल्न पाइन्छ भनेर बसिरहेका छन्,’ उनले भने, ‘प्रधानमन्त्रीका अंरिगालहरु राम्रो काम भएको छ भनिरहेका छन्। प्रधानमन्त्री त्यसैको भुल भुलैयामा हुनुहुन्छ। प्रधानमन्त्रीज्यू राम्रो काम भएको छैन। तपाईँले केही पनि काम गर्नुभएको छैन। भष्टाचारमात्रै भएको छ।’
उनले प्रधानमन्त्रीले भोकभोकै मर्नुपर्दैन भने पनि क्वारेन्टाइनमा जनता भोकै मरेको आरोप लगाए। उनले प्रधानमन्त्रीले उखान टुक्का र हावादारी गफ गरेर जनतालाई गुमराहमा राखेको बताए। उनले प्रधानमन्त्रीलाई आफ्नो हावादारी गफ कन्ट्रोल गर्न सुझाव दिँदै जनता सडकमा आइसकेकाले थाम्न गाह्रो हुनसक्नेतर्फ सचेत गराए।
Facebook Comments