अमेरिकामा २४ घण्टामा २४ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ८६५ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार ७८७ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा आइतबार बिहानसम्म १ लाख १७ हजार ५२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६९९ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ५० हजार २२३ जना संक्रमणमुक्त भएका छन् भने ११ लाख ७४ हजार ४० जनाको उपचार भइरहेको छ ।

Facebook Comments