रहेनन् राप्रपा नेता बालाराम घर्तीमगर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता बालाराम घर्तीमगरको निधन भएको छ ।

८७ वर्षीय घर्तीमगरको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा आज निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

हाल राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका घर्तीमगर पञ्चायतकालमा पटक–पटक मन्त्री भएका थिए ।

Facebook Comments