शी जिनपिङले पिपुल्स लिबरेशन आर्मीमा पकड गुमाउँदै, शुद्धिकरण अभियानले सेनाभित्र अशान्ति

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) अहिले आफ्नो सेनाभित्र अभूतपूर्व संकटको सामना गर्दैछ। करिब सय जना जर्नेलहरूको हटाइ, रकेट फोर्सको नेतृत्वमा आएको ठूलो हल्ला र सैन्य संरचनाभित्र बढ्दो अस्थिरताले सीसीपीको आन्तरिक ऐक्यबद्धता र सत्तामा नियन्त्रणमाथि गम्भीर प्रश्न उठाएका छन्।

चैत ११ गते, सीसीपीको सैन्य समाचारपत्रले फेब्रुअरीमा संशोधित गरिएको संयुक्त दिशानिर्देशअनुसार अधिकारी तथा सैनिकहरूलाई आफ्नो कार्य र व्यवहार मिलाउन आग्रह गर्दै एक टिप्पणी प्रकाशित गर्‍यो। यो लेख दुई सत्रको वार्षिक बैठकपछि आएको हो, जसको सन्दर्भमा सेनाभित्र ठूला स्तरका शुद्धिकरणहरू भइरहेका खबरहरू बाहिरिएका छन्। खबरअनुसार केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष हुआङलाई पक्राउ गरिएको छ भने सैन्य रसद विभागका पूर्व प्रमुख र नान्जिङ सैन्य क्षेत्रका पूर्व कमाण्डर समेत नियन्त्रणमा लिइएका छन्। यद्यपि सीसीपीले औपचारिक पुष्टि गरेको छैन, यी घटनाले सैन्य नेतृत्वमा व्यापक पुनर्संरचनाको संकेत गरेका छन्।

चैत १२ गते, रकेट फोर्सका नयाँ कमाण्डर वाङ होउबिनलाई पदबाट हटाइएको खबर सार्वजनिक भयो। २०२३ मा नौसेनाबाट सर्न आएका वाङलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको बताइएको छ। वाङ र उनको सहयोगी मियाओ हुआ, दुवैलाई शी जिनपिङका विश्वासपात्र मानिन्थ्यो, तर उनीहरूको पतनले सीसीपीभित्र उच्च तहमा पनि सत्ता सङ्घर्ष चर्किएको आभास दिएको छ।

शी जिनपिङले हालै कुन्मिङस्थित सैनिकहरूको निरीक्षण गरे तापनि केन्द्रीय सैन्य आयोगका कुनै पनि सदस्य सँगै नहुनु निकै असामान्य घटनाक्रम मानिएको छ। विश्लेषकहरूका अनुसार शी आफैं शुद्धिकरणको नेतृत्व गरिरहेजस्तो नभइ, बरु सेनाभित्रको प्रतिरोध सामना गरिरहेजस्तो देखिन्छ। विभिन्न गुटहरूमा विभाजन भइरहेको संकेतले शीको नियन्त्रण कमजोर हुँदै गएको देखाउँछ।

रकेट फोर्समा आएको अस्थिरता चिन्ताजनक छ, किनभने यो इकाइ चीनको क्षेप्यास्त्र र आणविक क्षमताको मेरुदण्ड हो। यसको नेतृत्व संकटले चीनको रणनीतिक तयारीमा समेत प्रश्न उठाएको छ। यस्तो अस्थिरता त्यतिखेर आएको हो जब चीन आन्तरिक रूपमा कमजोर अर्थतन्त्र र बाह्य प्रतिबन्धहरूको सामना गरिरहेको छ। गत दशकमा शीले भ्रष्टाचार विरुद्धको अभियानमार्फत सैन्यमा आफ्ना वफादारहरू जस्तै हुआङ र वाङलाई उच्च स्थानमा पुर्‍याएका थिए, तर अहिले आफ्नै विश्वासपात्रहरू पनि सुरक्षामा नरहेको देखिएको छ।

यी भित्री चुनौतीहरूले चीनको बाह्य रणनीतिमा समेत गहिरो प्रभाव पार्ने देखिन्छ। प्राध्यापक युआन हेन्का अनुसार शीले २०२७ मा ताइवान माथि सैन्य कारबाही गर्ने लक्ष्य बनाएका छन्, जसबाट २१औं राष्ट्रिय कांग्रेसमा आफ्नाे नेतृत्व सुनिश्चित गर्न चाहन्छन्। प्रारम्भिक योजनाअनुसार २०२५ को अमेरिकी राष्ट्रपति निर्वाचनको अराजकतामा आक्रमण गर्ने योजना थियो, तर अमेरिकी सत्ता हस्तान्तरण सहज ढंगले सम्पन्न हुँदा र सीसीपी सैन्य संकटमा फँसेपछि यो योजना स्थगित भएको बताइएको छ।

यसबीच, ताइवानले आफ्नाे सुरक्षालाई थप मजबुत बनाउने प्रयास गरेको छ। राष्ट्रपति लाइ छिङ–तेले भर्खरै जासुसीविरुद्ध कडा कानुनहरू लागू गरेका छन्, जसले ताइवानको संप्रभुताको रक्षा गर्ने दृढ संकल्प देखाउँछ। सीसीपी भित्रको सैन्य संकट र रणनीतिक आकांक्षाले समग्र विश्व राजनीतिक सन्तुलनमा प्रभाव पार्न सक्छ। शीले यदि भ्रष्टाचार र गुटबन्दी नियन्त्रण गर्न नसके, भने चीन आफैं आफ्नो रणनीतिक लक्ष्यबाट पछि हट्न बाध्य हुने देखिन्छ।

Facebook Comments