चीनको सांघाईमा एकैदिन २० हजारमा कोरोना संक्रमण, लकडाउनले खाद्यान्‍न अभाव

सांघाई – चीनको सबैभन्दा ठूलो सहर सांघाईमा पछिल्लो २४ घण्टामा २० हजारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बीबीसीका अनुसार सांघाईमा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन्।

चीन सरकारले शून्य कोभिड नीति अन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि सांघाईमा लकडाउनसहित कडा प्रतिबन्धात्मक नियमहरु जारी गरेको छ। जसका कारण मानिसहरुले खाद्यान्‍न संकट भएको बताएका छन्।

चिनियाँ अधिकारीहरुले सर्वसाधारणलाई अत्यावश्यक कामका लागि बाहिर निस्किन पनि अनुमति लिनुपर्ने प्रावधान गरिएको छ। अधिकारीहरुले सहरले समस्याको सामना गरिरहेको बताएका छन्। यदि अभिभावकलाई कोरोना संक्रमण देखिएमा उनीहरुको बालबालिकाबाट अलग रहनुपर्ने र अनिर्वाय परीक्षण गरिनुपर्ने बताइएको छ।

कोरोना पोजेटिभबाट नदेखिए पनि बालबालिकालाई अलग राखेको भन्दै अभिभावकहरुले गुनासो गरेका छन्। अधिकारीहरुले बुधबारदेखि अनिवार्य कोरोना परीक्षण गराउनुपर्ने बताएका छन्। गत महिना पहिलो पटक सांघाईमा ओमिक्रोनको भेरियन्ट देखिएपछि सहरमा क्‍वारिन्टिन सुरु गरिएको थियो। गत सातादेखि सहरभरी संक्रमण तीव्ररुपमा फैलिएको हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.