काठमाडाैँ – भारत सरकारले भवन तथा सिँचाइ परियाेजना निर्माणका लागि नेपाललाई सात कराेड बढी रुपैयाँ सहयाेग गरेकाे छ । दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजनाको निर्माणका लागि भारतले ७ करोड ८ लाख आर्थिक सहयोग गरेकाे हाे ।
जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् क्रमशः दुहुँ गाउँपालिका, दार्चुला, नौगाड गाउँपालिका, दार्चुला र गल्छी गाउँपालिका, धादिङ्काबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे ।
भारतीय दूतावासका अनुसार ३ करोड ३७ लाख लागतमा जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख लागतमा इरकोट स्वास्थ्य चौकी भवन र १ करोड १७ लाख महेशफाँट सिँचाई परियोजनाका लागि आर्थिक सहयाेग उपलब्ध गराइएकाे हाे ।
यी परियोजनाहरुको निर्माणले स्थानीय बासिन्दाहरुलाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरुलाई मद्दत गर्ने दूतावासले जनाएकाे छ ।
Facebook Comments