महिलाको राजनीतिक सहभागिताः चुनौती र समाधानका बाटाहरु

काठमाडौं-भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित र्‍याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गरेको छ ।

“महिलाको राजनीतिक सहभागिताः चुनौती र समाधानका बाटाहरु” विषयक सो छलफलमा नेपालका वरिष्ठ राजनीतिक नेतृहरु डा. आरजु राणा देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री माननीय अष्टलक्ष्मी शाक्य, सांसदहरु श्रीमती डा. बिन्दा पाण्डे र श्रीमती पुष्पा भुषालको सहभागिता थियो । प्राध्यापक श्रीमती इला शर्मा सो छलफलको सहजकर्ताको रुपमा थिइन ।

छलफलका वक्ताहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिला हकलाई उजागर गर्न गर्नुपर्ने प्रयासबारे चर्चा गरेका थिए ।

छलफलका वक्ताहरुले वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षेत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागितालाई थप विस्तार तथा सुनिश्चित गर्न महिला सम्बन्धी कानुनी प्रावधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.