भारतीय महावाणिज्य दूतावासद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

काठमाडाैँ – आजादीकाे अमृत महोत्सवको रूपमा, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकाे छ। महावाणिज्यदूत नितेश कुमारले यस्ता कार्यक्रम आयोजनाको महत्व र आवश्यकतामा जोड दिए ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा “दिगो भविष्यको लागि आज लैङ्गिक समानता” मा महिलाले आफ्ना विचारहरू प्रस्तुत गरे। महिलाहरूले आफ्नो संघर्ष, उपलब्धि र पूर्वाग्रह तोड्ने तरिका र उपायहरूबारे चर्चा गरे ।

कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाज जस्ता समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दै मधेस प्रदेशका करिब २५ प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको थियो ।

Facebook Comments