एमसीसीको पक्षमा देशभर अभियान सञ्चालन गर्ने काग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को पक्षमा देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले एमसीसीबारे भ्रम छर्ने कोशिष भएको भन्दै देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

साथै कांग्रेसले संसदमा प्रस्ताव पारित गर्नको लागि पहल गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले एमसीसीबारे पार्टीमा कुनै विवाद नरहेको र संसदमा लगेर पारित गर्न विशेष पहल गर्ने बताए ।

एमसीसीबारे देशमा भ्रम गर्ने कोशिष भएको छ, भ्रम चिर्न देशभरी अभियानको रुपमा जाने र संसदमा लगेर प्रस्ताव पारित गर्नको लाग्ने निर्णय भएको जानकारी दिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.