भारतको ७३ औँ गणतन्त्र दिवसको अवसरमा भूपू सैनिकका लागि धरानमा शिविर

काठमाडौँ – भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गतको कार्यक्रमको रुपमा धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि धरानमा Mobility Aid Distribution Camp को आयोजना गरेको छ ।

यो शिविर भारतीय सेनाका भूपू सैनिकहरुको कल्याण हेतु रक्षा प्रभागले चालेका थुप्रै प्रयासहरुमध्येकै एक हो ।

यस शिविरमा ३२ जना दिव्यङ्गजन भूपू तथा वहाँहरुका परिवारका सदस्यहरुलाई ह्वीलचेयर तथा वैसाखी प्रदान गरिएको थियो । उमेर सम्बन्धी अशक्तता/दुर्बलता र अन्य स्वास्थ्य समस्याबाट पीडित भूपू सैनिक तथा वहाँका परिवारका सदस्यहरुलाई पेन्सन डक्युमेन्टेसन क्याम्प तथा र्‍यालीमार्फत पहिचान गरिएको थियो ।

धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक्स विभागले स्वास्थ्य परीक्षणमा सहयोग गरेको थियो । यस किसिमको मोबिलिटी एडले पीडितहरुको शारीरिक क्रियाकलापमा सघाउदै वहाँहरुलाई समाजसँग जोड्न मद्दत गर्नेछ ।

महामारीको समयमा आफ्ना भूपू सैनिक तथा समाजको हित हुने काम गर्न तथा वहाँहरुको समस्या निराकरण गर्न रक्षा प्रभागले विविध उपायहरु अपनाइरहेको छ । समयमै पेन्सनको भुक्तानी, भर्चुअल आइडेन्टिफिकेसन, डिजिटलाइजेसन, रक्तदान शिविर, रासन वितरण, मास्क तथा स्यानिटाइजरको वितरण, स्थानीय प्रशासनलाई सहयोग, ह्वीलचेयरको वितरण, धेरै भन्दा धेरै क्षेत्रहरु समेट्न नयाँ डक्युमेन्टेसन र्‍याली जस्ता विभिन्न कार्यहरु प्रभागले गर्दै आएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.