इस्लामिक कट्टरपन्थीहरूद्वारा सिन्धको हिंगलाज माता मन्दिरमा ताेडफाेड

पाकिस्तान । पाकिस्तानमा रहेका हिन्दु मन्दिरहरुमाथि इस्लामिक कट्टरपन्थीहरूले दैनिक जसाे ताेडफाेड गरिरहेका छन् । साेही क्रममा पाकिस्तानकाे सिन्धमा रहेकाे हिंगलाज माताकाे मन्दिर पनि इस्लामिक कट्टरपन्थीहरूले ताेडफाेड गरेका हुन् । यस मन्दिरकाे निर्माण तथा सम्बर्द्धन हिन्दु समुदायले आफ्नाे आर्थिक सहयाेगमा गरिरहेका थिए ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार विगत २२ महिनामा हिन्दू तीर्थस्थलमा भएको यो ११ औं आक्रमण हो । पाकिस्तान हिन्दू मन्दिर व्यवस्थापनका अध्यक्ष कृष्ण शर्माले घटनास्थलमा पुगेर सञ्चारमाध्यमसँगको कुराकानीमा इस्लामवादी कट्टरपन्थी पाकिस्तानी सर्वोच्च अदालत र पाकिस्तान सरकारसँग पनि नडराएको बताए ।

उनले भने, ‘इमरान खानकाे सरकार नाम मात्रकाे अलपसंख्यक धार्मिक स्थान सुरक्षा दिइरहेकाे छ । वस्तावमा पाकिस्तानमा रहेका अलपसंख्यक हिन्दु समुदायकाे सुरक्षा न त यहाँकाे सरकारले गर्न सकिरहेकाे छ, न त यहाँकाे प्रशासनले, अनि यस्ताेमा हामीहरु कसरी सुरक्षा महशुस गर्ने?’

मन्दिरमाथि भएकाे ताेडफाेड घटनालाई लिएर पाकिस्तानका हिन्दु समुदाय आक्राेशित भएका छन् । त्यस्तै स्थानीय हिन्दू नेताहरूले यस विषयमा विरोध र्‍याली समेत निकालेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.