कलेजमा तोडफोड गर्नु र विरामीलाई आतंकित वनाउनु निन्दनियः राष्ट्रिय एकता अभियान

काठमाडाैँ – राष्ट्रिय एकता अभियानले सोमवार मोरङ्गको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गरेको छ। मेडिकल कलेजमा भएको तोडफोड र आतंक प्रति ध्यानाकर्षण भएको जनाउँदै अभियानले घट्नामा संलग्नहरुलाई कारवाही गर्न समेत माग गरेको छ।

अभियानका मोरङ संयोजक जितेन्द्र यादवले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘अस्पताल, कलेज, मन्दिर लगायतका संरचना सामाजिक संरचना हुन । त्यहाँ गएर विरामी तथा घाईते एवम् महिला स्वास्थ्यर्मीहरुलाई त्रसित र आतंकित वनाउँउनु, धम्की दिनु, तोडफोड गर्नु र असुरक्षाको वातावरण श्रृजना गर्नु निन्दनीय कार्य हो’ भनेका छन् ।

आन्दोलन आफैमा गलत नभएपनि आन्दोलन सरोकारवाला केन्द्रित कुनुपर्ने अभियानको जोड छ। ‘कलेजले कुनै गल्ती गरेको भए वा विद्यार्थीहरु समस्यामा परेको भए कलेजलाई नियमन गर्ने मेडिकल काउन्सिल जस्ता निकाय छन्’ विज्ञप्तिमा भनिएको छ–‘उनीहरुसँग सम्वन्धित भएर गरिएको भए आन्दोलनलाई जायज मान्न सकिन्छ।’

तर, कुनै मन्दिर, अस्पताल, स्कुल, कलेजमा भेला भएर आन्दोलन गर्नु, तोडफोड गर्नु र धम्की दिनुलाई कदापी सही मान्न नसकिने भन्दै नोवेल मेडिकल कलेजमा भएको तोडफोड तथा क्षतीका लागि जिम्मेवार भएकाहरुलाई यथाशिघ्र नियन्त्रण गरी कारवाही गर्न माग रिएको छ।
चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क लिएको बिरोधमा प्रदर्शन गर्दै आएका विद्यार्थी र कलेजका सुरक्षागार्डबीच सोमबार झडप भएको थियो। विद्यार्थीले मेडिकल कलेजमा तोडफोड गरेका थिए ।

दोहोरो झडपमा अस्पतालभित्रको फार्मेसी, मेडिकल कलेजका झ्याल, ढोकाका सीसा, मेडिकल कलेजका २ वटा कम्प्युटर, प्रिन्टर लगायतमा क्षती पुगेको थियो। कलेजका सुरक्षा गार्डले भाटाले हिर्काउँदा केही विद्यार्थी घाइते भएका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.