ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

एजेन्सी । अमेरिकाले शीतकालीन ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

बेइजिङ शीतकालीन ओलम्पिकअघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडान नहुने सम्भावना बढेको समाचार संस्था सीएनएनले जनाएको छ । बेइजिङ शीतकालीन ओलम्पिक आउँदो फेब्रुअरी ४ देखि सुरु हुँदैछ । बेइजिङले कोरोना सङक्रमण जोखिमलाई लिएर स्वास्थ्यका मापदण्ड लागू गरेको छ । अहिले ओलम्पिकमा सहभागी हुनेहरुले अहिले विशेष उडानहरू लिइरहेका छन् ।

गएको जुनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ । ‘सर्किट ब्रेकर’ अनुसार यदि पाँच वा बढी यात्रुले चीनमा अवतरण गर्दा जाँचपछि कोरोना परीक्षण पोजेटिभ देखिए उडान दुई हप्ताका लागि स्वचालित रूपमा निलम्बन हुन्छ ।

यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमा निलम्बन अवधि त्यसै अनुसार बढ्छ । यो नियम चिनियाँ र विदेशी एअरलाइन्स दुवैमा समान रूपमा लागू भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले गएको अगस्टमा बताएका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.