२३०० मतगणना : धनराजको अग्रता कायमै, खड्का र भण्डारीबीच कडा प्रतिस्पर्धा, कसको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी छ। हालसम्म २३०० सय मत गनिएको निर्वाचन समितिले जानकारी दिएको छ। मतगणनामा धनराज गुरुङ्गले अग्रता कायमै राखेका छन्। उनले ९६० मत ल्याएका छन्। दोस्रो स्थानमा डा चन्द्र भण्डारी रहेका छन्। उनले ८७० मत प्राप्त गरेका छन्।

त्यस्तै पुर्ण बहादुर खड्काले ८४० मत ल्याउँदा विजयकुमार गच्छदारले ६६० मत ल्याएका छन्। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। उनी दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी शेखर कोइरालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापति बनेका हुन्।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसकेपछि सभापतिका चयनका लागि दोस्रो चरणमा मतदान भएको थियो। सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई साथ दिएका थिए।

उपसभापतिको मतगणना सकिएपछि बिहीबार महामन्त्रीको मतगणना हुने निर्वाचन समितिले जानकारी दिएको छ। महामन्त्रीका लागि गगन थापा, मिनेन्द्र रिजाल, प्रदीप पौडेल, प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र राजाराम कार्कीबीच प्रतिस्पर्धा भएको छ।

कांग्रेस महामन्त्रीको प्रतिस्पर्धालाई अझै रोचक रुपमा हेरिएको छ। कांग्रेस महामन्त्री रेसमा रहेका युवा नेताहरु पछिल्ला समय चर्चामा रहेका नेताहरु हुन्। कांग्रेसलाई गति दिन सक्ने नेताका रुपमा आशा गरिएका उनीहरुको महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक नै हुनेछ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.