हिन्द–प्रशान्त क्षेत्रमा तनाव बढ्दै, चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच नयाँ सहमति

एजेन्सी । हिन्द–प्रशान्त क्षेत्रमा ठूला देशहरुबीचको टकराव बढ्न थालेको छ। विशेषगरी चीन, जापान र अमेरिका आफ्नो उपस्थितिलाई मजबुत बनाउन केन्द्रित भएका छन्।

हालै उक्त क्षेत्रमा जापान र अमेरिकाबीच नयाँ सहमति भएको छ। दुई देशको गठबन्धन बलियो बनाउन दुई देश सशमत भएका छन्। प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई ‘काउन्टर’ दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन दुबै देश सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

अमेरिकाका हिन्द–प्रशान्त कमान्ड जोन अक्विलिनाको टोकियो भ्रमणका अवसरमा सहमति भएको हो। भ्रमणका अवसरमा अक्विलिनाले जापानी प्रधानमन्त्री फुमिओ किशिदासँग भेटावार्ता गरेका थिए।

भेटमा हिन्द–प्रशान्तमा क्षेत्रमा चीनले एकतर्फी रुपमा आफ्ना गतिविधि बढाएको र उत्तर कोरियाले हालै प्रहार गरेको मिसाइल परीक्षणबारे छलफल भएको छ। सो अवसरमा अक्विलिनाले हिन्द–प्रशान्त क्षेत्रमा शान्ति, स्थायित्व र सम्वृत्ति कायम गर्न अमेरिकी प्रतिबद्धता रहेको उल्लेख गरेका छन्।

अक्विलिनाले रक्षामन्त्री नोबुओ किसी र नवनियुक्त विदेशमन्त्री योशिमासाा हायासीसँग पनि भेट गरेका थिए। रक्षामन्त्रीसँगको भेटमा हिन्द महासागरको सुरक्षा पकड कायम राख्न र चीनको हस्तक्षेप रोक्न दुई देशबीच संयुक्त सैन्य अभ्यासदेखि जापानालाई अमेरिकाले हतियार उपलब्ध गराउने विषयमा छलफल भएको थियो। हिन्द–प्रशान्त क्षेत्रमा पछिल्लो समयमा चिनियाँ सेनाको उपस्थित बाक्लोे छ। ठूला देशहरुले आफ्नो पकड बढाउन थालेपछि हिन्द–प्रशान्त क्षेत्रमा अशान्ति हुनेमा चिन्ता व्यक्त गरिएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.