एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान अहिले ५४ बर्षका भए तर पनि बिबाह भएको छैन । आफ्नो फिल्मि करियरमा उनको नाम दर्जनौँ चर्चित नायिकाहरुसँग जोडिदै आएको छ ।
उनको संगीता बिजलानी, ऐश्वर्या राय, कैटरीना कैफ लगायतका सुन्दर नायिकासँग नाम जोडिसकेको छ । तर पनि उनी ५४ बर्षको भइसक्दा पनि सिंगल नै छन् ।
उनको जिन्दगीमा धेरै सुरा सुन्दरीहरुले इन्ट्री त मारे तर पनि सलमानसँग घरबार बसाउन सकेनन् । तर यसो हुनुमा उनले आफ्नै कारण देखाएका छन् । उनले पहिलो पटक एक अन्तर्वार्तामा आफ्नो रिलेशनसिपका विषयमा मुख खाेलेकाका हुन् ।
अन्तर्वार्तामा उनलाई घरमा विवाहको कुरा हुन्छ कि हुदैन भनेर सोधिएको थियो तर उनले हाँसेरै टारीदिएका थिए । अन्तर्वार्ताकारले लुलिआ बन्तुरलाई लिएर सलमान खानलाई कसैसँग डेट चलिरहेको छ कि भनेर प्रश्न गरेका थिए । उनले आफू कहिले पनि रिलेशनसिपमा बिल्कुलै नरहेको प्रतिक्रिया दिएका थिए ।
