रिक्सा ड्राइभरसँग भागेकी करोडपतिकी श्रीमती पैसा सकिएपछि फर्किइन्

एजेन्सी । छिमेकी देश भारतको मध्य प्रदेशस्थित इन्दौरकी एक करोडपतिकी श्रीमती भारी पैसा लिएर प्रेमीसँग भागेको केही दिनपछि पुन: फर्किएर आएकी छिन्।

रिपोर्टका अनुसार ४५ बर्षिया ती महिला केही दिनअघि ४७ लाख भारतीय रुपैयाँ (७५ लाख नेपाली रुपैयाँ) लिएर भागेकी थिइन् । उनी सोमबार राती घर फर्किएकी हुन् । फर्किएकी महिलाले अब आफू पुरानै पतिको साथमा बस्न चाहेको बताएकी स्थानीय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

फर्केकी ती महिला साथमा लगेको पैसा सकिएपछि फर्किएर घर आएकी बताइएको छ । फर्किएकी महिलाले पुलिसमा गएर बयान पनि दर्ता गराएकी छिन् । उनका प्रेमी अटो ड्राइभर रहेका छन् तर उनी भने सम्पर्कमा नरहेको समाचारमा उल्लेख गरिएको छ ,

पुलिसले ती महिलाले लिएर भागेको पैसामध्ये ३४ लाख भने बरामद गरिसकेको छ । प्रहरीका अनुसार गत १३ अक्टोबरका दिन ती महिला ४७ लाख रुपैयाँ लिएर १३ वर्ष कान्छा अटो ड्राइभरसँग भागेकी थिइन् । उनका पति करोडपति घरजग्गाको कारोबार गर्ने भएको बताइएको छ । आरोपी अटो ड्राइभरले ३४ लाख रुपैयाँ आफ्ना साथीहरुलाई दिएको र त्यो पैसा भने प्रहरीले बरामद गरिसकेको जनाएको छ ।

सोमबार आफैं पुलिसकहाँ उपस्थित भएकी महिलाले बयानका क्रममा बताएअनुसार घरबाट पैसा लिएर भागेपछि उनले एउटा स्विफ्ट डिजायर ट्याक्सी भाडामा लिएर घुम्न निस्के । उनीहरुसँग पैसा सकिएपछि करिब १ महिनापछि महिला फर्किएर आएकी छिन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.