कलेज पढ्ने युवतीहरुको यौनधन्दा, विभिन्न होटलबाट ६४ जना पक्राउ

काठमाडौं । प्रहरीले यौन गतिबिधिमा संलग्न रहेको आरोपमा ६४ जना युवा युवतीलाई होटलको कोठाबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार राती उपत्यकाका विभिन्न होटलबाट ६४ जनालाई आपतकालिन अवस्थामा पक्राउ गरेको हो । जसमध्ये काठमाडौंबाट ५४, ललितपुरबाट ८ र भक्तपुरबाट २ जना रहेका छन् । तीमध्ये १६ वर्षदेखि २५, ४० वर्ष उमेरका समेत संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु अभिभावकको आँखा छलेर होटल पुगी विभिन्न यौन गतिबिधिमा संलग्न रहने पाइएको छ। ‘साथी भेट्न जान्छु’ भन्दै कतिपय युवायुवतीहरु घरमा आफ्नो अभिभावकलाई मनाएर आउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसा पक्राउ परेका अधिकांश युवा-युवती कलेजमा अध्ययन गरिरहेका छन् ।

पक्राउ परेकाहरुको बयाँन अनुसार सामाजिक सञ्जाल फेसबुक र टीकटकलगायतमा भेट भएका जोडीहरुसमेत होटलका कोठाभित्र भेटिएका थिए । समातिएका ती जोडीहरुलाई उनीहरुका अभिभावक बोलाएर जिम्मा लगाइएको प्रहरीले जनाएको छ। सामाजिक चयन र शान्ति सुरक्षा कायम गर्न प्रहरीले हरेक दिन स्वीप अपरेशन चलाउदै आएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.