तीनवटा प्रदेशमा प्रदेश प्रमुख फेरिए, कहाँ–काे नियुक्त भए ?

काठमाडौं : सरकारले तीनवटा प्रदेशमा प्रदेश प्रमुख फेरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

परियार माओवादी केन्द्र, जोशी कांग्रेस र खापुङ जनता समाजवादी पार्टीबाट प्रदेश प्रमुख बनेका हुन्।

मन्त्रिपरिषद्ले प्रदेश १ का सोमनाथ अधिकारी,कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाउने निर्णय गरेको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.