रक्सी ल्याउन नपाउँदा विमानस्थलका कर्मचारी कुट्ने सीईओमाथि मन्त्रीले लिए एक्सन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले मदिरा सेवन गरेर विमानस्थलका नायव सुब्बालाई कुटपिट गर्ने पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई घटनाबारे जानकारी गराउन मन्त्रालय डाकेका हुन्।

सीईओ रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका भन्सारका नासु सुमन थापामाथि हातपात गरेको खबर सार्वजनिक भएपछि सोधपुछका लागि मन्त्रालय डाकिएको मन्त्री आलेको सचिवालयले जनाएको छ।

भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका सीईओ रेग्मीले विमानस्थलमा चेकजाँचका क्रममा नासु थापामाथि हातपात गरेका थिए। उनले नियम विपरीत ६ वटा रक्सीका बोतल ल्याएका थिए । ड्युटी फ्रीबाट रक्सी तोकेभन्दा धेरै ल्याएको भेटिएपछि विमानस्थलमा कार्यरत भन्सारका नासु थापाले रोकेका थिए।

चेकजाँचका क्रममा थापाले ६ बोतल मदिरा देखेपछि साथमा कतिजना हुनुहुन्छ भन्दै रेग्मीलाई सोधेको र प्रश्न सुन्नेबित्तिकै रेग्मीले थापामाथि हातपात गरेको स्रोतको दाबी छ। उनी रक्सी पिएकै अवस्थामा विमानस्थलबाट बाहिरिँदै थिए।

भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ। तर, ५ बोतल बढी भएपछि रेग्मीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.