काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजको दुरुपयोग गरिएको छ ।
प्रधानमन्त्री देउवाका पीएसओ नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) मानबहादुर धितालले देउवाकाे आधिकारिक फेसबुक पेजको दुरुपयोग गरेका हुन् ।
धितालले फेसबुक पेजको दुरुपयोग गर्दै आफ्नो फोटो राखी लेखेका छन्, ‘म शेख दुबई प्लेसको अगाडि छु।’
प्रधानमन्त्रीकाे सामाजिक सञ्जाल सञ्चालनमा सचिवालयले लापरवाही गरेकाे भन्दै आलाेचना भइरहेकाे छ ।
मुलुककाे कार्यकारी प्रमुखकाे सामाजिक सञ्जाल प्रयाेग गर्दा सचिवालय संवेदशील बन्नुपर्ने देखिन्छ ।





Facebook Comments