मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

विराटनगर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार प्रदेससभाबाट विश्वासको मत लिँदै छन्। उनी गत कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन्। मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ।

पाण्डे कांग्रेस, माओवादी, जसपा नेकपा एसको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री पाण्डेले वर्तमान अवस्थामा संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ।

गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको साथ आवश्यक हुन्छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.