अम्बानी परिवारले लन्डनमा किन किन्यो ३ सय ‘एकर’ जमिन ?

नयाँ दिल्ली : बेलायत सर्न लागेको खबरको भारतीय व्यापारी मुकेश अम्बानी र अम्बानी परिवारले खण्डन गरेको छ। पछिल्लो समय अम्बानी परिवार बसाईँ सर्न लन्डनमा ३ सय एकर जमिन किनेको विभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए।

सो समाचार आधारहीन भएको भन्दै अम्बानी परिवार सर्न नलागेको रिलायन्स ग्रुपले शुक्रबार विज्ञप्ति मार्फत बताएको हो।

‘भर्खरै पत्रपत्रिकामा अम्बानी परिवार लन्डन सर्न लागेको भनेर आधारहीन तथा तथ्यहीन समाचार प्रवाह गरेर सामाजिक सञ्जालमा अनुमानका भरमा सम्प्रेषण भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अम्बानी परिवार लन्डन वा संसारको कुनै पनि स्थानमा अहिले सर्ने योजना नबनाएको भनिएको समाचार एनडीटिभीमा छ।

किन अम्बानी परिवारले किन्यो लन्डनमा ३ सय एकर जमिन ?
दक्षिण एसियाका सबभन्दा धनी व्यक्ति तथा रिलायन्स ग्रुपका अध्यक्ष मुकेश अम्बानी परिवार अहिले मुम्बईस्थित ४ लाख वर्गफिटमा फैलिएको घरमा बस्दै आएको छ। सो परिवारले हालसालै बेलायतको लन्डनमा ३ सय एकर जमिन किनेको सार्वजनिक भएको छ।

आखिर किन अम्बानी परिवारले किन्यो त जमिन ?, रिलायन्स ग्रुपले प्रकाशित गरेको विज्ञप्तिमा खेलकुद रिसोर्टको सेवा विस्तार तथा विस्तारका लागि सो जग्गा खरिद गरिएको बताइएको छ।

‘जग्गा प्राप्तिले समूहको तीव्र रूपमा बढिरहेको उपभोक्ता व्यवसायलाई बढावा दिनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘क्रमैसँग यसले भारतको आतिथ्यता सत्कार उद्योगको छाप संसारभर फैलाउनेछ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.