१७ जना युवाद्वारा १७ वर्षीय किशोरीको सामूहिक बलात्कार

एजेन्सी । काजाकिस्तानमा एक १७ वर्षीय किशोरीको अपरहण गरी सामूहिक बलात्कार भएको छ। क्याब ड्राइभर ती किशोरीलाई झुक्याएर अञ्जान ठाउँमा लगेका थिए जहाँ उनका साथीहरुले किशोरीको सामूहिक बलात्कार गरेका थिए।

डेली मेलका अनुसार माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा थिइन्। १७ जनाले उनको पटकपटक बलात्कार गरेको र कुटपिट गरेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। पीडितले रोक्न खोज्दा उनलाई जदीमा डुबाएर मार्ने धम्की दिएको पनि खुलासा भएको छ।

पीडित किशोरीका अनुसार उनी सामान किनेर बजारबाट घर जाँदै थिइन्। त्यसबेला उनलाई क्याब ड्राइभर धोका दिएर नसालु पदार्थ मिलाएका थिए। उनको होस आउँदा उनी अञ्जान नदी किनारमा पुगेकी थिइन् र उनको शरिरमा कुनै कपडा थिएन। उनको वरीपरी पुरुष नै पुरुष थिए।

शुरुमा उनलाई नदी किनारमा बलात्कार गरे। त्यसपछि एक घरमा लगे। त्यहाँ पनि बलात्कार गरे। अन्य साथीहरुलाई पनि फोन गरीगरी बोलाएर बलात्कार गरिएको पाइएको छ। घटनामा हालसम्म कोही पनि पक्राउ परेको छैन। त्यहाँको प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गर्ने आश्वासन पीडितलाई दिइएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.