एमसीसी संसदबाट पास गर्न सकिन्न : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसदबाट पास गर्न नसकिने बताएका छन्। एमसीसीलाई संशोधन नभएसम्म पारित हुन सकने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले यसअघि नै पार्टीले संशोधनबिना एमसीसी पारित हुन नसक्ने निर्णय गरिसकेको स्पष्ट पार्दै सोही अनुसार माओवादी केन्द्र अघि बढ्ने बताए।

‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु नसच्याइ यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न’, श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो नै हाम्रो पार्टी नेकपा (नेकपा माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो।’

उनले एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न पनि आग्रह गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी पास गर्न हस्ताक्षर गरिसकेको बताएपछि राजनीति तरंगित भएको छ। तर प्रचण्डले भने कुनै लिखित पत्र नपठाएको जानकारी गराएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.