काठमाडौं : सर्वोच्च अदालत पुगेका वकिल तथा सर्वसाधरणहरुलाई प्रहरीले लखेटेका छन् । बन्दी प्रत्यक्षीकरणलगायतका रिट दर्ता गर्न सर्वोच्च पुगेका उनीहरुलाई प्रहरीले लखेटेको हो।
प्रहरीले करिब ४० जना कानुन व्यवसायीसहित सर्वसाधारणहरुलाई लखेटेर माइतीघर पुर्याएको बताइएको छ । अधिवक्ता स्वागत नेपालले रिट दर्ता गर्न सर्वोच्च पुगेका सेवाग्राहीहरुलाई प्रहरीले लखेटेको जानकारी दिए।
उनीहरुले इजलास बन्द गर्न नहुने र न्यायाधीशहरुले सर्वसाधारणको समस्या बुझेर काम फर्किनुपर्ने माग गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आइतबारदेखि कानुन व्यवसायीहरु समेत आन्दोलित भएका छन्। उनीहरु हातमा कालो र सेतो पट्टी बाँधेर विरोधमा उत्रिएका छन्। यता केही कानुन व्यवसायीहरु भने इजलास सुचारुको माग गर्दै आन्दोलित छन्।











Facebook Comments