एजेन्सी – बलिउड अभिनेत्री ईशा गुप्ताले फिल्म जन्नत २ मा फिल्मी दुनियाँमा पाइला टेकिन्। उनले डेब्यु फिल्मका अभिनेता इमरान हाश्मीसँग काम गरेकी थिइन्।
त्यसपछि इशा राज थ्रीडी, हमशकल, रुस्तम, पलटन र बादशाहो फिल्ममा देखिइन्। उनले अभिनयबाट राम्रै चर्चा बटुेलेकी थिइन्। पछिल्ला समयमा पनि उनका धेरै फिल्महरु आएका छैनन्।
लामो समय फिल्म क्षेत्रमा सक्रिय इशाले बलिउड बबलसँग कुराकानी गर्दै यस क्षेत्रको पर्दापछाडि हुने गतिविधि अभिनेत्रीमाथि हुने दुर्व्यवहारबारे नयाँ खुलासा गरेकी छिन्। अन्तरवार्तामा उनले फिल्मका निर्माताले रात बिताउन नमानेपछि फिल्मबाट निकाल्न चाहेको खुलासा गरेकी हुन्। उनले एक निर्मातासँग सुत्न नमानेपछि फिल्मबाट निकाल्ने धम्की दिएको बताएकी छिन्।
४–५ दिनको शुटिङ सकिएपछि निर्माताले आफूसँग त्यस्तो प्रस्ताव गरेको तर आफूले इन्कार गरेपछि निर्माता रिसाएको उनले बताइन्। त्यतिमात्र हैन। निर्माताले ‘फिल्ममा काम गर्न मन छ कि छैन’ भन्दै हप्काएको समेत इशाले आरोप लगाएकी छिन्।
तर उक्त फिल्मका निर्देशकले आफूलाई साथ दिएपछि फिल्ममा काम गरेको उनको भनाइ छ। उक्त फिल्मको शुटिङ दौरान डर लागेर आफू मेकअप आर्टिस्टसँगै बसेको पनि उनले बताएकी छिन्।











Facebook Comments