मोदीद्वारा कुशीनगर एअरपोर्टको उद्घाट्न, लुम्बिनीको पनि पर्यटन प्रवर्द्धन हुने

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घाटन गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले बुधबार बिहान उक्त एयरपोर्टको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोको लागि गरिएको छ । कुशीनगरमा नवनिर्मित उक्त अन्तर्राष्ट्रिय एयरपोर्टले बौद्ध पर्यटकहरुको आवागमनलाई सजिलो बनाउने मद्दत गर्ने बताइएको छ ।

२६० करोड रुपैयाँको लागतमा ३६०० वर्गमिटरमा फैलिएको टर्मिनल भवनसहित कुशीनगर एयरपोर्टको निर्माण भएको हो । नयाँ टर्मिनलले ३ सय यात्रुहरुलाई सजिलै आउन जान सुविधा प्रदान गर्ने क्षमताको रहेको छ ।

कुशीनगर एक अन्तर्राष्ट्रिय बौद्धहरुको तीर्थको केन्द्र हो । जहा भगवान गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेका थिए । सो स्थल बौद्ध सर्किटको एक केन्द्रबिन्दु पनि हो । बौद्ध सर्किटमा कुशिनगरको अलावा लुम्बिनी, सारनाथ र गयाको तीर्थस्थलहरू सामेल छन् । यो एयरपोर्टले बौद्ध धर्मका अनुयायीहरुलाई विदेशबाट लुम्बिनीमा पुर्याउन समेत भूमिका निर्वाह गर्नेछ जसले लुम्बिनीको पर्यटन विकासमा ठूलो मद्दत गर्नेछ । साथै यो एअरपोर्टको निर्माणसंगै बौद्ध सर्किट लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर, श्रावस्ती, राजगीर, संकिसा तथा वैशालीको यात्रा यो एयरपोर्टले अब कम समयमा पुरा गर्न सकिनेछ।

कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टले विश्वका विभिन्न देशहरुबाट आउने तीर्थयात्रीहरुलाई यो क्षेत्रका विभिन्न बौद्ध स्थानसँग जोड्न मद्दत गर्नेछ । यस एअरपोर्टले एसियाली देशहरु श्रीलंका, जापाम, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्याण्ड, भियतनाम र सिंगापुरबाट आउने पर्यटकलाई लुम्बिनी क्षेत्रमा ल्याउन ठूलो भूमिका निर्बाह गर्ने अपेक्षा गरिएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.