यस्ता छन् आजको मन्त्रिपरिषद बैठकले गरेका ४ महत्वपूर्ण निर्णय

काठमाडौँ । बिहीवार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले चार महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकपछि कानून न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारी अनुसार सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्वीकृत दिने निर्णय गरेको छ । यस्तै इन्टरपोलको ८९ औं महासभामा भाग लिने बैठकले निर्णय गरेको छ ।

यसैगरी सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको मन्त्री कार्कीले बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.