पप सुपरस्टार शाकिरा परिन् बँदेलको आक्रमणमा, भन्छिन्- तिनीहरूले सबथोक बर्बाद पारे

एजेन्सी । पप सुपरस्टार शाकिराले आफ्नो आठ वर्षीय छोरासँग बार्सिलोनास्थित एउटा पार्कमा डुलिरहँदा अचानक दुइ वटा बँदेलको आक्रमणमा परेको बताएकी छन्।

कोलम्बियाकी यी गायिकाले आफ्नो झोला थुत्नुअघि बँदेलहरूले आफूमाथि आक्रमण गरेको र पछि रूखहरूबीच लुकेको बताइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् बुधवार शकिराले शृङ्खलाबद्ध रूपमा त्यस्तो अनौठो भोगाइ साझा गरेकी हुन्।

च्यातिएको झोला क्यामेरातिर देखाउँदै उनले भनिन्, ‘ल हेर्नुहोस् पार्कमा ममाथि आक्रमण गरेका दुइटा बँदेलले मेरो झोला कस्तो हालतमा छोडेका छन्, तिनीहरूले मोबाइल भएको मेरो झोला रूखहरूबीच लगिरहेका थिए,’ पप गायिकाले जारी राखिन्, ‘तिनीहरूले सबथोक बर्बाद पारे।’

त्यसपछि उनी आफ्नो छोरातिर फर्किन् जसका बुवा बार्सिलोनाका फूटबल खेलाडी हुन्। शकिराले भनिन्, ‘मिलान तिमीले नै सत्य कुरा भनिदेऊ। तिम्री आमाले बँदेलको आक्रमणको सामना कसरी गरिन् भनिदेऊ।]

क्याटलन राजधानीमा बढ्दो रूपमा आक्रामक देखिएका जंगली बँदेलहरूको हमलामा पर्ने शकिरा पछिल्लो व्यक्ति हुन्।

सन् २०१६ मा बँदेलहरूले कुकुरमाथि आक्रमण गरेको, बिरालोका खानेकुरा थुतेको, ट्राफिकलाई रोकेको र कार चढेका लगायतका १,१८७ वटा टेलिफोन उजुरी स्पेनी प्रहरीले दर्ता गरेको थियो। (बीबीसीको सहयोगमा)

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.