सर्वोच्चको फैसला त्रुटीपूर्ण : एमाले

काठमाडौँ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले सर्वोच्चको आदेश त्रुटीपूर्ण रहेको निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, “सर्वोच्च अदालतले गरेको फैसला गम्भीर र त्रुटीपूर्ण हो भन्ने हाम्रो निष्कर्ष हो।”

सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई समेत उपेक्षा गरी त्रुटीपूर्ण फैसला गरेकोले त्यसको कानूनी प्रतिवादमा जानु परेको प्रवक्ता ज्ञवालीले बताए । यसबारेमा थप केही निर्णय गर्नुपरे अब महाधिवेशन आयोजक कमिटीको बैठकले गर्ने उनले जानकारी दिए ।

कर्णाली प्रदेश सभाका चार जना सांसदलाई एमालेले कारबाही गरेको थियो। केन्द्रीय कमिटीले कारबाही गर्नुपर्ने भए पनि महाधिवेशन आयोजक कमिटीले कारबाही गरेको जनाउँदै २७ जेठमा सर्वोच्चले अन्तरिम आदेशमार्फत थमौति गरेको थियो।

त्यसलाई एमालेले त्रुटीपूर्ण भनेको हो। यसको पुनरावलोकनका लागि एमालेले सर्वोच्चमा निवेदन (भ्याकेट) पनि दिएको छ। यसको कानूनी प्रतिवाद गर्न थालिएको र त्यसैका लागि भ्याकेट हालिएको उनको भनाइ थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.