साउदी। सुदूर पश्चिम बाट साउदीमा आई कार्यरत प्रवासी नेपालीहरुको संस्था सुदूरपश्चिमेली नेपाली समाज साउदी अरब शाखाको प्रथम अध्यक्षमा खेम राज भट्ट सर्बसम्मतिबाट चयन भएका छन् ।
गत मे २८ गते रियाद स्थित लालिगुरास होटेलमा आयोजित बैठकले भट्टको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् । जस अनुसार बरिष्ठ उपाध्यक्ष :पदम महत,प्रथम उपाध्यक्ष : धिरज साऊँद, द्वितीय उपाध्यक्ष :चक्र मल्ल ,तृतीय उपाध्यक्ष : ललित सिंह ,महिला संयोजक : श्रीमती सबिता गौतम,महासचिव : केशव ब. सिंह ,सचिव : अर्जुन माल,सह-सचिव : केशव सिंह धामी,कोषाध्यक्ष :राम बहादुर रोकाया,सह-कोषाध्यक्ष :राम बहादुर बिष्ट र सदस्यहरु : आर जे पन्त,धन ब. नाथ ,बशन्त भट्ट ,गोबिन्द सिंह बोहरा ,धरम ऐर ,बाबु रिजाल,दिपक बहादुर सिंह ,दिपक बोगटी,रोहित पाली, सिद्धराज भट्ट , सुरत राज सोती ,दिपक लुहार र पदमराज भट्ट चयन भएका छन् ।
त्यसै गरी रियाद क्षेत्रीय संयोजक धिरज साऊँद ,दमाम क्षेत्रीय संयोजक पदम महत,जेद्दा क्षेत्रीय संयोजक केशव ब. सिंह,कला संस्कृति संयोजक पदमराज भट्ट,प्रचारप्रसार बिभाग प्रमुख केशव सिंह धामी र खेलकुद बिभाग प्रमुख धन बहादुर नाथ लाई मनोनयन गरेका छन् ।समाजको संरक्षकमा जगदीश नाथप्रमुख सल्लाहकार बिष्णु तमोली ,बरिष्ठ सल्लाहकार रबिन राई र सल्लाहकार श्री दीर्घराज निरौला रहेका छन् ।
कार्यक्रममा सुप समाजको विभिन्न देशका प्रतिनिधि/सदस्यहरु ,साउदी स्थित सक्रिय संघ संस्थाका प्रतिनिधिहरु तथा सामाजिक अभियन्ताहरु सहभागिता रहेका थिए। समाजले साउदी अरेबिया समस्यामा परेका नेपाली तथा सुपका दाजुभाई तथा दिदीबहिनीहरुको समस्या समाधानमा अथक प्रयास गर्ने जनाएको छ।
