‘म पार्टीबाट २० हजार तलब लिन्छु’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीबाट मासिक २० हजार तलब लिने बताएका छन्।

महासचिव विप्लवले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसगको कुराकानीमा पार्टीबाट २० हजार तलब लिने बताएका हुन्।

प्रस्तोता बानियाँले तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’

सो कार्यक्रममा बोल्दै विप्लवले आफूले खेतीपातीमा काम गर्ने गरेको र हातमा उठेको ठेला देखाउदै भने, ‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ विप्लवले भने, ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’

विप्लवसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । उक्त भिडियोको क्लिप अहिले युट्युवमा लाखौले हेरेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.