सरकारलाई विपक्षीकाे चेतावनी, दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्नु

काठमाडाैं । बूढानीलकण्ठमा सम्पन्न विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ। आज कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको विपक्षी ५ दलको बैठकले सरकारलाई चेतावनी दिएको हाे ।

बैठकपछि सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलहरुद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा वैकल्पिक सरकार दावी गरिएको अवस्था रहेकोले अहिलेको सरकारले दीर्घकालीन कामकारवाही गर्न नमिल्ने भन्दै चेतावनी दिएका छन्।

त्यस्तै, विज्ञप्तिमा सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायलाई आग्रह समेत गरिएको छ । यस्तै, सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुने विश्वास लिएको भन्दै संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सबै राजनीतिक दलका नेता तथा कार्यकर्तामा विज्ञप्तिमार्फत् गरिएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.