प्रहरीले लाठी हन्दा ६७ वर्षीय वृद्धकाे खुट्टा भाँच्चियो

वीरगन्ज । वीरगन्जमा प्रहरीले लाठी हन्दा ६७ वर्षीय वृद्धकाे खुट्टा भाँच्चिएकाे खबर बाहिर अाएकाे छ। वीरगन्ज महानगरपालिका– १६ निवासी नागेन्द्र पटेल सधैँझैं आइतबार बिहान पनि नजिकैको दुध पसलमा दुध लिन जाने क्रममा प्रहरीले लाठी हन्दा उनकाे खुट्टा भाचिएकाे हाे।

नयाँ बसपार्कबाट नेसनल मेडिकल कलेज जाने मोडमा पुगेपछि त्यहाँ रहेका प्रहरीले उनलाई कहाँबाट आएको ? कहाँ जान लागेको ? भन्दै केरकार गरे । र, जहाँबाट आएको उतै फर्किन आदेश दिए । चोकमा अरु मानिस पनि उभिरहेका थिए । प्रहरीले यति भनेपछि पटेल फर्किए । पछाडि फर्किने बित्तिकै प्रहरीले उनको दाहिने खुट्टामा लठ्ठी हान्यो ।

उनी त्यहीं ढले । पहिलेदेखि चिनजानका व्यक्तिले उनलाई बोकेर घर पुर्‍याए ।

हिँडडुल गर्न नसकेपछि छोरा गुन्जनले बिहान करिब ८ बजे उपचारका लागि उनलाई नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगे । एक्स–रे मा खुट्टाको हड्डी भाँचिएको पाइयो । चिकित्सकले उनको खुट्टामा प्लास्टर गरिदिएका छन् ।

अस्थाई प्रहरी चौकी बसपार्कका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विजय शाहीले हालसम्म पीडित आफूकहाँ नआएको बताए । ‘हाम्रो टोलीले कुटेको छैन, बसपार्कमा इलाका प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरीको टोली पनि आउँछन्,’ उनले भने, ‘घटनाको यर्थाथ बुझ्दै छु, प्रहरीलाई बदनाम गर्न अनर्गल प्रचार गरेको पनि हुनसक्छन् ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.