विदेशमा अलपत्र नागरिकबारे ठाेस निर्णय लिँदै सरकार

काठमाडाैँ। भारतसहित तेस्राे मुलुकमा अलपत्र परेका नेपाली नागरिकबारे ठाेस निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेकाे छ। भारतसहित विभिन्न देशमा रहेका नेपालीहरुलाई देशभित्र ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक साँझ ६ बजे बस्ने भएको हाे ।

लकडाउनपछि भारत लगायतका देशमा ठूलो संख्यामा नेपालीहरु अड्किएका छन् । बंगलादेश लगायतका देशमा रहेका विद्यार्थीहरुले आफूहरुको उद्दारका लागि सरकारलाई आग्रह गर्दै आएका छन् ।

यसैबारे छलफल गर्न मन्त्रिपरिषद् बैठकभन्दा अघि रक्षा मन्लायलमा मन्त्रीहरुको बेग्लै छलफल पनि हुँदैछ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा कृषि मन्त्री घनश्याम भुसाललगायत यो छलफलमा सहभागी हुँदैछन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.