एक सय ९ जना घरधनीले मिनाहा गरे घर भाडा

धनकुटा । धनकुटा र हिले बजारका एकसय ९ जना घरधनीले घर भाडा मिनाहा गरेका छन्। लकडाउनको कारण व्यापार,व्यावसाय बन्द भई उद्योगी,व्यापारी र व्यावसायीहरु संंकटमा पर्दै गएकाले धनकुटा उद्योग बाणिज्य संघले सञ्चालन गरेको घर भाडा मिनाहा अभियान अन्र्तगत धनकुटा र हिलेका एक दर्जन भन्दा वढी घर धनीले घरभाडा मिनाहा गरेका हुन्।

धनकुटा उद्योग बाणिज्य संघको आव्हान तथा अनुरोधमा धनकुटा नगरपालिका– ५ तल्लो कोप्चेकका त्रिभुवन श्रेष्ठ, धनकुटा नगरिपालिका वडा १ हिले बजारका धनवहादुर मोक्तान, डिबी मोक्तान, कौशिला बमजन, विष्णु मोक्तान, बिनादेवी घिसिङ, बमबहादुर योञ्जन, जमुना घिसिङ योञ्जन, शुभचन्द्र मोक्तान ,दुर्गादेवी घिसिङ हेमकुमारी लिम्बु, थामवहादुर लिम्बु, जंग क्षेत्री, निरवहादुर गोङ्देन, खगेन्द्र विष्ट लगायतका घर धनीले घरभाडा मिनाहा गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

यसैगरी धनकुटा नगरपालिका वडा नं. ६ का पूर्णकृष्ण श्रेष्ठ, वडा नंं ७ मदनचौकका पुष्करप्रसाद जोशी, सुखकला राईले पनि घरभाडा मिनाह गरेको धनकुटा उद्योग बाणिज्य संघले जानकारी दिएको छ । संघले धनकुटा जिल्ला भरीका सवै बजार क्षेत्रका घर धनीलाई लकडाउन अवधिभरको घरभाडा छुट गरी संकटमा सहयोग गर्न अपिल गरेको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.