‘ओली हटाऊ देश बचाऊ’ भन्ने बाबुराम बालुवाटारमा

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट गरे– ओली हटाऊ देश बचाऊ ।

उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने भएका छन् ।

डा. भट्टराईले ट्वीटमा भनेका थिए, ‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत रु यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरुको सिकारमा विषाक्त घाँस हाल्दैछन् । किन नबुझेको रु’

डा. भट्टराईले उक्त ट्वीटमा ‘ओली हटाऊ देश बचाऊ’ नारालाई ‘ह्यासट्याग’मा राखेका छन् ।

ट्वीटरमा बाबुरामले उठाएका दुई प्रश्न जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको ओलीप्रतिको आशक्तिप्रति लक्षित रहेको बुझ्न कठिन छैन । तर उक्त ट्वीटको २४ घण्टा पनि बित्न नपाउँदै उनी महन्थ ठाकुरकै साथ लागेर बालुवाटारमा जान लागेका हुन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.