बिमा रकमको लोभमा पत्नीको हत्या

रूपन्देही । रूपन्देहीमा बिमाबापतको रकमको लोभमा एक व्यक्तिले पत्नीको हत्या गरेका छन। जिल्लाको सम्मरीमाइ गाउँपालिका–५ की कुसुम लोधलाइ बिमाको रकम हडप्न पाइने लोभमा आफ्नो भाइको सहयोगमा शैलेशकुमार लोधले हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न शैलेश र उनका राजेश कुमार लोधलाइ प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी सत्यनारायण थापाले बताए। तीनजना नाबालक छोराछोरीकी आमा ३२ वर्षीया कुसुमलाई उनकै शैलेशले गाडीले किचेर हत्या गरेको बताइएको छ।

पत्नीको हत्या गरेपछि उनी आफ्नैले पिकअप गाडीले ठक्कर दिएर भागेको भन्दै प्रहरीलाई रिपोर्ट गरेका थिए। मृत्तकको नाममा लिएको ऋण तिर्नुनपर्ने र बिमाबापतको लाखौं रकम पनि लिन पाइने लोभमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए।

कुसुमको नेपाल र भारतमा गरेर दुई ठाउँमा बिमा गरेको पाइएको प्रहरीले जनाएको छ। फागुन १५ गते दिउँसो शैलेशले कुसुमलाई घुम्न जानेभन्दै १५ महिनाका छोरासहित लु।६२ प १४०१ नम्बरको बाइकमा पर्सहवा लुम्बिनी लगेका थिए।

त्यसअघि नै शैलेश र राजेशले कुसुमलाई आफ्नै गाडीले किचेर मार्ने र ठक्कर दिने गाडी भागेको भनेर खबर गर्ने योजना बनाएको पुष्टि भएको प्रहरीको भनाइ छ। मानिसको चहलपहल कम होस् भनेर साँझ सिपवास्थित झुलनीपुरदेखि मर्चवार जाने सुनसान सडकमा पुगे।

पिसाब गर्ने बहानामा उनले पत्नीलाई मोटरसाइकलबाट ओराले र सडकमा उभिन लगाए। दाजुभाइको सल्लाह अनुसार राजेश भारतीय नम्बर प्लेटको अल्टो गाडी लिएर सडक छेउमा उभिएकी कुसुमलाई ठक्कर दिएको र कुसुम ढलेपछि पनि राजेशले पुनः गाडी व्याक गरेर किचेको उनीहरूले प्रहरीलाई बयान दिएका छन्।

शैलेशले लु।२ च १५१७ नम्बरको गाडीमा आएका व्यक्तिले हतियार देखाएर गहना लुटी कुसुमलाई ठक्कर दिएर भागेको भन्दै प्रहरीलाई खबर गरेका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.